सूचनाको हक र गोपनीयताको हक पारित

150

काठमाडौं, भदौ २८

नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा २७ सूचनाको हक र धारा २८ गोपनीयताको हक संविधानसभाले पारित गरेको छ । यसअघि धारा २६ धार्मिक स्वतन्त्रताको हक र धारा २५ सम्पत्तिको हक बहुमतबाट पारित भएको थियो । संविधानसभाले धारा २९ शोषणविरुद्धको हक र धारा ३० स्वच्छ वातावरणको हक पनि सर्वसम्मत् रुपमा पारित गरेको थियो । विहानदेखि सुरु भएको संविधानसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भए पनि अहिले संविधानसभामा संशोधन प्रस्तावमाथिको मतदान प्रक्रिया जारी छ ।

Womui
Womui